नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ सम्झनु  पर्छ । (ख)   “निर्वाचन कार्यक्रम” भन्नाले नियम ३ बमोजिमको निर्वाचन कार्यक्रम सम्झनु पर्छ । (ग) “मतगणना प्रतिनिधि” भन्नाले उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतगणनाको काममा प्रतिनिधित्व गर्नको लागि नियम २२ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ । (घ) “मतदाता नामावली” भन्नाले ऐनको दफा ३ बमोजिमको निर्वाचक मण्डलमा रहेका सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको नाम समावेश गरी तयार गरिएको मतदाता नामावली सम्झनु पर्छ । (ङ) “मतदान केन्द्र” भन्नाले निर्वाचनमा मतदान गर्ने प्रयोजनको लागि नियम २३ बमोजिम आयोगले तोकेको मतदान केन्द्र सम्झनु पर्छ । (च) “मतदान प्रतिनिधि” भन्नाले उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतदान केन्द्रमा प्रतिनिधित्व गर्नको लागि नियम २१ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ । (छ) “मनोनयनपत्र” भन्नाले निर्वाचनमा उम्मेदवारीको लागि निर्वाचन अधिकृत समक्ष पेश भएको मनोनयनपत्र सम्झनु पर्छ ।