नियम ७
अरू विवाह दर्ता गर्न दरखास्त
:(१) ऐन बमोजिम कुनै दम्पत्तिले आफ्नो धर्म, जाति वा कुलको रीति थिति परम्परा वा चलन व्यवहार अनुसार भएको विवाह वा वैवाहिक सम्बन्ध दर्ता गर्न चाहेमा अुनसूची ६ मा तोकिएको ढाँचामा दरखास्त लेखी विवाह अधिकारी समक्ष पेश गर्नुपर्छ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि विवाह अधिकारीले सो दरखास्त अनुसूची ७ मा तोकिएको ढाँचाको विवाह दर्ता दरखास्त किताबमा दर्ता गरी राख्नु पर्छ ।
(३) उपनियम (२) बमोजिम दरखास्त दर्ता गरे पछि विवाह अधिकारीले निजहरूका बीच भएको विवाह वा वैवाहिक सम्बन्ध प्रचलित नेपाल कानुनको विपरीत भएको देखी दर्ता गर्न इन्कार गरेमा बाहेक अरू अवस्थामा अनुसूची ८ मा तोकिएको ढाँचाको विवाह दर्ता किताबमा सो विवाह वा वैवाहिक सम्बन्ध दर्ता गर्नुपर्छ ।
(४) उपनियम (३) बमोजिम दर्ता गरे पछि विवाह अधिकारीले सो दम्पत्तिलाई अनुसूची ९ मा तोकिएको ढाँचामा विवाहको प्रमाणपत्र दिनुपर्छ ।