नियम १४
अरूले प्रमाण पेश गर्न सक्ने
नियम १० बमोजम तामेल भएको म्यादमा प्रतिवादीले प्रतिवाद गर्न वा बयान दिन नसक्ने कुनै विश्वसनीय कारण देखाई निजका एकाभर सगोलको कुनै हकवाला वा उक्त मुद्दामा प्रतिवादी सरह सरोकार राख्ने अन्य कुनै व्यक्तिले सो म्याद भुक्तान भएको मितिले सातदिनभित्र वादीको दावी खण्डन हुने कुनै प्रमाण पेश गरेमा अदालतले उक्त प्रमाण समेत बुझी मुद्दाको किनारा गर्नु पर्नेछ ।