नियम १३
अवधि
(१) नियम १४ बमोजिमको उमेरको हद ननाघ्ने गरी देहायका पदहरुमा देहाय बमोजिमको पदावधि हुनेछः–
(क) उपरथी – तीन वर्ष
(ख) सहायक रथी – चार वर्ष
(ग) महासेनानी र प्रमुख सेनानी – पाँच वर्ष ।
(२) उपनियम (१) को खण्ड (क), (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि लामो अवधिसम्म सेवा गरी शारीरिक रुपमा सक्षम
रहेका देहायका अधिकृतहरुको सेवा नेपाली सेनाको लागि आवश्यक छ भनी प्रधान सेनापतिबाट विशेष सिफारिस भएमा नेपाल सरकारले देहाय बमोजिम पदवधि थप गर्न सक्नेछः–
(क) उपरथी – दुई वर्षको एक अवधि,
(ख) सहायक रथी – एक पटकमा दुई वर्षका दरले बढीमा छ वर्ष,
(ग) महासेनानी र प्रमुख सेनानी – पहिलो पटकमा तीन वर्ष र दोस्रो पटकमा दुई वर्ष गरी बढीमा पाँच वर्ष ।