समयको अवधिबाट सव्सटयाण्टीभ प्रमोशन देहाय बमोजिम हुनेछः–
उप–सेनानीबाट सह सेनानीमा– २ वर्षको सन्तोषजनक सेवा पुगेपछि र टेक्निकल वेसिक ट्रेनिङ्गमा उत्तीर्ण भएपछि ।
सह–सेनानीबाट सेनानीमा– ९ वर्षको सन्तोषजनक सेवा पुगेपछि खाली ठाउँछ भने।
सेनानीबाट प्रमुख सेनानीमा– १३ वर्षको सन्तोषजनक सेवा पुगेपछि खाली ठाउँछ भने।
प्रमुख सेनानीबाट महा–सेनानीमा– १७ वर्षको सन्तोषजनक सेवा पुगेपछि खाली ठाउँछ भने।
महा–सेनानीबाट सहायक रथीमा– २० वर्षको सन्तोषजनक सेवा पुगेपछि खाली ठाउँमा र प्रमोशन बोर्डले सिफारिश गरेमा ।
सहायक रथीबाट उपरथीमा- २१ वर्षको सन्तोषजनक सेवा पुगेपछि खाली ठाउँमा र प्रमोशन बोर्डले सिफारिस गरेमा ।
द्रष्टव्यः–
(क) एम. डी. र सो सरह वा सोभन्दा माथिको विशेष शैक्षिक योग्यता हासिल गरेको वा पोष्ट ग्र्याजुएट ट्रेनिङ्ग पाएका प्राविधिक
उम्मेदवारलाई नियम ४ मा उल्लिखित समितिले सिफारिश गरेमा आयक्टिङ्ग सह–सेनानी दर्जामा कमिशन दिनाको लागि नेपाल
सरकार, रक्षा मन्त्रालयको स्वीकृतिको निमित्त प्रधान सेनापतिले यस्तो व्यक्तिको नाम पेश गर्नेछन्। तर उक्त दर्जामा कमिशन
पाउने प्राविधिक ३५ वर्ष ननाघेको हुनु पर्दछ ।
(ख) विशेष योग्यताको निरुपण लोक सेवा आयोगबाट हुनेछ ।
(ग) अधिकृतले कमिशन, प्रमोशन पाएको राजपत्रमा प्रकाश गर्न जंगी अड्डा, सैनिक सचिव विभागबाट नेपाल सरकार रक्षा मन्त्रालयमा
सूचना पठाउने छ ।