दफा ३८
अशक्त मतदाता
कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता वा अरु कुनै कारणवश आफैँ मत सङ्केत गर्न नसक्ने भई मत सङ्केत गर्ने काममा सहयोग पुर्याउन आफ्नो
एकाघरको परिवारको सदस्यलाई साथमा लैजान अनुमति मागेमा वा मत सङ्केत गर्ने काममा
सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा परिवारको त्यस्तो सदस्यलाई मतदाताको साथमा मत सङ्केत गर्ने स्थानमा प्रवेश गर्न अनुमति दिन वा मतदान अधिकृतले मतदाताको इच्छा अनुसार निजको मतपत्रमा मत सङ्केत गरिदिन सक्नेछ ।