दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अदालत” भन्नाले सम्बन्धित प्रदेशको उच्च अदालत सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले गाउँकार्यपालिकाकोअध्यक्ष सम्झनु पर्छ ।
(ग) “अल्पसङ्ख्यक” भन्नाले तत्काल अगाडि भएको राष्ट्रिय जनगणनाको आधारमा संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधीनमा रही नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमका जातीय, भाषिक र धार्मिक समूह सम्झनु पर्छ ।
(घ) “आयोग” भन्नाले संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ ।
(ङ) “उपप्रमुख” भन्नालेनगर कार्यपालिकाकोउपप्रमुख सम्झनु पर्छ ।
(च) “उपाध्यक्ष” भन्नाले गाउँ कार्यपालिकाको उपाध्यक्ष सम्झनु पर्छ ।
(छ) “उम्मेदवार” भन्नाले स्थानीय तहको कुनै निर्वाचनको लागि दफा १८ बमोजिम मनोनयन गरिएको व्यक्ति सम्झनु पर्छ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(झ) “दल” भन्नाले प्रचलित सङ्घीय कानून बमोजिम निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएको राजनीतिक दल सम्झनु पर्छ ।
(ञ) “निर्वाचन” भन्नाले स्थानीय तहको निर्वाचन सम्झनु पर्छ र सो शब्दले उपनिर्वाचनलाई समेत जनाउँछ ।
(ट) “निर्वाचन अधिकृत” भन्नाले दफा ७ बमोजिम आयोगबाट नियुक्त भएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक निर्वाचन अधिकृतलाई समेत जनाउँछ ।
(ठ) “प्रमुख” भन्नाले नगर कार्यपालिकाको प्रमुख सम्झनु पर्छ ।
(ड) “मतदाता” भन्नाले देहाय बमोजिमको निर्वाचनको लागि प्रचलित सङ्घीय कानून बमोजिम मतदाता नामावलीमा नाम समावेश भएको देहाय बमोजिमकोव्यक्ति सम्झनु पर्छः-
(१) अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको निर्वाचनका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको,
(२) गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष र वडा सदस्यको लागि सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको,
(३) गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा महिला, दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यको निर्वाचनका लागि सम्बन्धित गाउँ सभा वा नगर सभाका सदस्य,
(४) जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको निर्वाचनको लागि प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष ।
(ढ) “मतदाता परिचयपत्र” भन्नाले मतदान गर्ने प्रयोजनका लागि प्रचलित सङ्घीय कानून बमोजिम आयोगले उपलब्ध गराएको फोटोसहितको मतदाता परिचयपत्र सम्झनु पर्छ ।
(ण) “मतदान अधिकृत” भन्नाले दफा ११ बमोजिम नियुक्त भएको मतदान अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक मतदान अधिकृतलाई समेत जनाउँछ ।
(त) “मतपत्र” भन्नाले निर्वाचनमा मतदान गर्नका लागि व्यवस्था गरिएको मतपत्र सम्झनु पर्छ र सो शब्दले विधुतीय उपकरणबाट मतदान हुने व्यवस्था भएकोमा त्यस्तो विधुतीय उपकरणमा प्रयोग हुने मतपत्र वा त्यस्तो उपकरणमा जडित डिजिटल मतपत्रलाई समेत जनाउँछ ।
(थ) “मतपेटिका” भन्नाले मत सङ्केत गरेको मतपत्र राख्नका लागि आयोगले व्यवस्था गरेको मतपेटिका सम्झनु पर्छ र सो शब्दले विधुतीय उपकरणबाट मतदान गरेकोमा त्यसरी मतदान गरेको मत सङ्केतलाई अभिलेख गर्ने विधुतीय उपकरणलाई समेत जनाउँछ ।
(द) “वडा अध्यक्ष” भन्नाले गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष सम्झनु पर्छ ।
(ध) “स्थानीय तह” भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा सम्झनु पर्छ ।
(न) “सदस्य” भन्नाले गाउँपालिका र नगरपालिकाको वडा सदस्य तथा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको सदस्य सम्झनु पर्छ र सो शव्दले अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई समेत जनाउँछ ।
(प) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।