दफा २३
असल नियतले गरेको कामको बचाउ

बाली निरीक्षक वा बीउ बिजन नमूना सङ्कलक वा बीउ बिजन विश्लेषक वा यस ऐन अन्तर्गत काम गर्ने अधिकार प्राप्त कुनै कर्मचारीले यस ऐन बमोजिम आफ्नो कर्तव्यको पालन गर्दा असल नियतले गरेको काम कारवाहीमा निज व्यक्तिगत रूपमा जवाफदेही हुनेछैन ।
तर कसैलाई अनावश्यक दुःख, हैरानी वा झण्झट दिने नियतले काम गरेमा सम्बन्धित व्यक्ति त्यसको लागि जवाफदेही हुनेछ ।

२.३ उपदफा २२.१ बमोजिम मुद्दा हेर्ने अधिकारीले गरेको निर्णयमा चित्त नबुझ्ने पक्षले निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ।