दफा १९
अस्थायी दर्ता
देहायको अवस्थामा कुनै सवारी अस्थायी रूपमा दर्ता गर्न सकिनेछः–
(क) सवारी पैठारी गर्ने व्यक्ति सवारी दर्ता गराउनु पर्ने म्याद भित्र दर्ता गराउन उपस्थित हुन नसक्ने मनासिब माफिकको कारण भएमा ।
(ख) पैठारी गरिएको सवारीको इन्जीन, चेसिस वा अन्य कुनै पार्टपूर्जाको खराबीको कारणले गर्दा तुरून्त दर्ता गराउन सवारी ल्याउन नसकिने भएमा ।
(ग) खण्ड (ख) मा लेखिएको अवस्थामा परी सो सवारी निर्माण गर्ने कम्पनी वा बिक्री गर्ने एजेन्ट वा बीमा कम्पनीसँग क्षतीपूर्ति बीमासम्बन्धी विवाद परी तुरून्त दर्ता गर्न नसकिने भएमा ।