नियम १६
अस्थायी राहदानी

(१) विदेशमा रहेको नेपाली राहदानी वाहकको राहदानी बहाल रहने अवधि समाप्त भएमा, राहदानी हराएमा वा नासिएमा वा झुत्रो भएको कारणले प्रयोग गर्न नसकिने भई नयाँ राहदानी बनाउनको लागि निवेदन दिएमा निजलाई मेशिन रिडेवल राहदानी जारी नहुन्जेलसम्मका लागि नियोगबाट अस्थायी राहदानी जारी गर्न सकिनेछ ।

(२) उपनियम (१) बमोजिमको राहदानी जारी भएको मितिबाट सामान्यतया अठार महीनासम्म वहाल रहनेछ ।

(३) अस्थायी राहदानीको ढांचा मन्त्रालयले तोके बमोजिम हुनेछ ।

(४) निवेदकलाई नयाँ राहदानी प्रदान गर्दा नियोगले अस्थायी राहदानी खिची रद्द गर्नु पर्नेछ ।