दफा ६०
आचारसंहिता बनाई लागू गर्न सक्ने
(१) बोर्डले अनुमतिपत्र प्राप्त संस्थाले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्नेछ ।
(२) उपदफा (१) बमोजिम लागू गरेको आचारसंहिता पालना गर्नु अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।
(३) अनुमतिपत्र प्राप्त संस्थाले आफ्ना सञ्चालक तथा कर्मचारीले पालन गर्नु पर्ने आचारसंहिता बनाई लागू गर्न सक्नेछ ।