दफा
आदेश सम्बन्धी कार्यविधि

४.१ उपदफा ३.१ वा ३.२ अन्तर्गत कुनै आदेश जारी गर्दा स्थानीय अधिकारीले त्यस्तो आदेश जारी गर्नु पर्ने कारण र आधार खुलाई सो आदेश सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ । स्थानीय अधिकारीले सो आदेशको प्रतिलिपि सहित त्यसको जानकारी”नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला सम्बन्धी विषय हेर्ने मन्त्रालय”लाई पनि दिनु पर्नेछ ।

४.२ कुनै व्यक्तिलाई नजरबन्द राख्ने गरी आदेश जारी भएकोमा जुन जिल्लामा नजरबन्द राख्ने आदेश भएको हो सो जिल्लाको जिल्ला अदालतलाई चौबीस घण्टाभित्र आदेशको प्रतिलिपि सहित स्थानीय अधिकारीले सूचना पठाउनु पर्नेछ ।

४.३ उपदफा ३.१ वा ३.२ बमोजिमको आदेश जारी गर्नु परेको कारण विद्यमान नरहेको चौबीस घण्टा भित्र स्थानीय अधिकारीले त्यस्तो आदेश खारेज गर्नु पर्नेछ ।