नियम २४
आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नुपर्ने
(१) कोषले यो नियमावली प्रारम्भ भएको मितिले छ महिनाभित्र, सुशासन कायम हुने गरी आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लाग्‌ गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको आन्तरिक नियन्त्रण प्रणाली तयार गर्दा कोषले सम्पादन गर्ने प्रत्येक कामको कार्यप्रक्रिया, जोखिमका क्षेत्रको - पहिचान तथा नियन्त्रण, व्यवस्थापन सूचना प्रणाली र अनुगमन तथा मूल्याङ्कन जस्ता बिषयलाई समेत समेट्नु पर्नेछ ।

(३) उपनियम (१) र (२) बमोजिमको आन्तरिक नियन्त्रण प्रणालीको अनुगमन गर्नको लागि कार्यकारी निर्देशकले कोषको कुनै वरिष्ठ अधिकृत वा स्वार्थ नबाझिने गरी अन्य कुनै कर्मचारीलाई जिम्मेवारी तोकी अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको अनुगमनबाट देखिएको चुटि सुधार गरी आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने जिम्मेवारी कार्यकारी निर्देशकको हुनेछ।

(५) समितिले प्रत्येक वर्ष कम्तीमा दुई पटक उपनियम (३) बमोजिमको आन्तरिक नियन्त्रण प्रणालीको अनुगमन गर्नु पर्नेछ।