दफा ५६
आन्तरिक मागमा ठेकेदारको हिस्सा
: आन्तरिक माग पूरा गर्नको निमित्त ठेकेदारले नेपाल सरकारलाई बेच्नु पर्ने ठेकेदारको भागको पेट्रोलियमको अधिकतम परिमाण नेपाल सरकारले नेपालमा उत्पादित पेट्रोलियममध्येबाट पाउने आफ्नो भागको पेट्रोलियमबाट पूरा गर्न नसकेको परिमाणलाई ठेकेदारको भागको पेट्रोलियमको परिमाणले गुणन गरी नेपालमा पेट्रोलियम उत्पादन गर्ने सबै ठेकेदारहरूको भागको पेट्रोलियमको परिमाणले भाग गरी आएको परिमाणभन्दा बढी हुने छैन ।