दफा २५
आफूले तिर्न परेको अर्काको हिस्साको रूपैयाँ असुल गर्ने

दफा १८ को उपदफा (३) बमोजिम कुनै व्यक्तिले अर्काको हिस्साको रूपैयाँ बुझाएकोमा वा लिखत बमोजिम कटकेन्दारले तिर्न बुझाउनु पर्ने रूपैयाँ निजले नबुझाई दफा २२ को उपदफा (३) बमोजिम ठेकदारले बुझाउनु परेकोमा वा जमानी हुने व्यक्तिबाट दफा १९ बमोजिम बाँकी बक्यौता असुल गरिएकोमा रूपैयाँ बुझाउने दायित्व भएका त्यस्ता हिस्सेदार, कटकेन्दार वा ठेकदारबाट क्रमशः सो रूपैयाँ बुझाउने वा बाँकी तिर्ने हिस्सेदार, ठेकदार वा जमानी हुने व्यक्तिले आफूले बुझाए जति अदालतबाट असुल उपर गराई लिन पाउँछ ।