दफा २४
आयकर सम्बन्धी छुट, सुविधा वा सहुलियत
(१) यस ऐन अन्तर्गत दर्ता भएको उद्योगलाई कर सम्बन्धी प्रचलित कानून बमोजिमको छुट, सुविधा वा सहुलियत प्राप्त हुनेछ।

(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी उद्योगलाई देहाय बमोजिमको आयकर छुट, सुविधा वा सहुलियत प्रदान गरिनेछः-

(क) उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको दरमा बीस प्रतिशतले छुट हुनेछ र त्यस्तो उद्योगले आफ्नो उत्पादन निर्यात गरी आर्जित गरेको आयमा लाग्ने करको दरमा थप पाँच प्रतिशतले आयकर छुट,

(ख) सडक, पुल, सुरुङ्ग, रोपवे, रेल्वे, ट्राम, ट्रलीबस, विमानस्थल, औद्योगिक संरचना एवं पूर्वाधार कम्प्लेक्स जस्ता पूर्वाधार उचोगमा लगानी गरी सञ्चालन गरेमा सोबाट प्राप्त आयमा लाग्ने करको दरमा चालीस प्रतिशतले छुट,

(ग) अनुसूची-१० मा उल्लिखित अति अविकसित, अविकसित र कम विकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित व्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योग बाहेकका उत्पादनमूलक उद्योगले व्यावसायिक उत्पादन बा कारोबार सुरु गरेको मितिले दश वर्षसम्म प्रचलित कानून बमोजिम लाग्ने आयकरको दरमा क्रमशः नब्बे, असी र सत्तरी प्रतिशत छुट,

(घ) अति अविकसित क्षेत्र र अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ग्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उधोगलाई कारोबार सुरु गरेको मितिले दश वर्षसम्म क्रमशः चालीस र पच्चीस प्रतिशत आयकर छुट,

(ङ) स्वदेशी चिया उत्पादन र प्रशोधन गर्ने उद्योग, दुग्ध पदार्थको कारोबार गर्ने डेरी उद्योग र कपडा उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा पचास प्रतिशतले छुट,

(च) कुनै व्यक्तिले बौद्धिक सम्पत्ति निर्यात बापत प्राप्त रोयल्टी आयमा लाग्ने आय करको दरमा पच्चीस प्रतिशतले छुट,

(छ) कुनै व्यक्तिले बौद्धिक सम्पत्तिको हस्तान्तरणद्वारा बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा पचास प्रतिशतले छुट,

(ज) एक अर्बभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने उत्पादनमूलक वा सेवामूलक उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत आयकर छुट,

तर हाल सञ्चालनमा रहेका यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी दुई अर्ब पूँजी पुन्याई तीन सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत आयकर छुट हुनेछ।

(झ) संवत्‌ २०८० साल चैत्र महिनासम्म जलविद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण सुरु गर्ने अनुमतिप्राप्त व्यक्ति वा निकाय वा सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युत आयोजनालाई पहिलो दश वर्षसम्म पूरै आयकर छुट र त्यसपछिको पाँच वर्षसम्म पचास प्रतिशत आयकर छुट,

तर यो ऐन प्रारम्भ हुँदाका बखत व्यापारिक उत्पादन प्रारम्भ गरिसकेका अनुमतिपत्रप्राप व्यक्तिको हकमा अनुमतिपत्र प्राप्त गर्दाका बखतको व्यवस्था लागू हुनेछ।

(ज) खनिज (चुनढुङ्गा बाहेक), पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास तथा इन्धन अन्वेषण तथा उत्खनन गर्ने व्यक्तिले संवत्‌ २०८० साल चैत्र महिनासम्म व्यापारिक रुपमा कारोबार सञ्चालन गरेमा कारोबार सञ्चालन गरेको मितिले पहिलो सात वर्षसम्म पूरै आयकर छुट पाउनेछ र त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत आयकर छुट,

(ट) दुई अर्बभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट र त्यसपछिको तीन वर्षसम्म आयकरको दरमा पचास प्रतिशत छुट,

(ठ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको प्राणीशास्त्र सम्बन्धी (जुलोजिकल), भूशास्त्र सम्बन्धी (जियोलोजिकल), जीवप्रविधि (बायोटेक) सम्बन्धी पार्क सञ्चालन, प्रविधि पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, साइबर क्याफे, डिजिटल म्यापिङ्ग सम्बन्धी उद्योगको आयमा लाग्ने करको पचास प्रतिशत छुट,

(ड) देहायका सङ्ख्यामा नेपाली नागरिकलाई रोजगारी दिने देहायका उद्योगलाई देहाय बमोजिमको छुट सुविधा प्रदान गरिने,-

(१) तीन सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग तथा सूचना प्रविधि उच्योगलाई सो वर्षको आयमा लाग्ने करको पन्ध्र प्रतिशत,
(२) बाह्र सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग तथा सूचना प्रविधि उद्योगलाई सो वर्षको आयमा लाग्ने करको पच्चीस प्रतिशत,

(३) उपखण्ड (१) वा (२) बमोजिम रोजगारीप्राप्त नेपाली नागरिकहरुमध्ये कम्तीमा पचास प्रतिशत महिला, दलित वा अपाङ्गता भएका व्यक्तिहरु रहेमा त्यस्तो उद्योगलाई सो वर्षको आयमा लाग्ने करमा थप पन्ध्र प्रतिशत ।

(ढ) उचोगले आफ्ना श्रमिक तथा कर्मचारीको दीर्घकालीन हित वा कल्याणकारी कार्यहरु, जस्तैः जीवन बीमा, स्वास्थ्य सुविधा, योगदानमा आधारित सामाजिक सुरक्षा, शिक्षा तथा तालिम, शिशु स्याहार केन्द्र र शारीरिक तन्दुरुस्तीका लागि खेलकुद तथा व्यायाममा गरेको खर्च आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने,

(ण) कुनै उत्पादनमूलक उद्योगले आफ्ना कुल जनशक्तिमध्ये कम्तीमा दश प्रतिशत प्रशिक्षार्थी कामदार राखेमा त्यस्तो कामदारलाई प्रशिक्षण दिँदा दिनु पर्ने निर्वाह खर्च, प्रशिक्षण खर्च र उद्योगमा कार्यरत जनशक्तिको उत्पादन क्षमता विकासमा भएको खर्च रकम आयकर गणना प्रयोजनको लागि कट्टी गर्न पाउने,

(त) प्रदूषण रोकथाम तथा नियन्त्रण गर्ने वा खेर गएका वस्तुको पुनः प्रशोधन वा पुनः प्रयोग समेत गरी वातावरणमा न्यूनतम असर पार्ने पद्धति तथा उपकरणमा भएको खर्चमध्ये उद्योग व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतसम्म सोही वर्ष खर्च कट्टी गर्न पाउने र त्यस्तो उद्योग व्यवसायको समायोजित करयोग्य आयको सीमाभन्दा अधिक खर्चलाई आगामी आय वर्षको सुरुमा पूँजीकरण गरी हास कट्टी गर्न सकिने,

(थ) उर्जा दक्षता अभिवृद्धि गरी कर्जा खपत घटाउन सघाउ पुच्याउने यन्त्र वा उपकरणमा लगानी गरेको सम्पूर्ण खर्च आयकर प्रयोजनको लागि कट्टा गर्न पाइने,

(द) उद्योगको उत्पादकत्व अभिवृद्धिको लागि उद्यमशीलता अभिवृद्धि, अनुसन्धान तथा विकास र नयाँ प्रविधि सिर्जना गर्न लागेको खर्चमध्ये सो व्यक्तिबाट सञ्चालित सबै उद्योग व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतसम्म खर्च कट्टी गर्न सकिने र समायोजित करयोग्य आयको सीमाभन्दा अधिक खर्चलाई आगामी आय वर्षको सुरुमा पूँजीकरण गरी हासकट्टी गर्न सकिने,

(ध) उद्योगले व्यवसायसँग सम्बन्धित बजार प्रवर्दन, सर्वेक्षण र विज्ञापनको लागि भएको तोकिएको सीमासम्मको खर्च आयकरको प्रयोजनको लागि कट्टी गर्न पाउने,

(न) उद्योगको भौतिक सम्पत्तिको सुरक्षा गर्नको लागि भएको तोकिए बमोजिमको खर्च र त्यसको बीमा बापत खूद भुक्तानी भएको प्रिमियम बापतको खर्च आयकरको प्रयोजनको लागि कट्टी गर्न पाइने,

(प) उद्योगले नेपालमा दर्ता भएको बौद्धिक सम्पत्ति अन्तर्गतको औद्योगिक सम्पत्तिको स्वदेशमा संरक्षण गर्दा लागेको खर्च आयकर प्रयोजनको लागि क्ट्री गर्न पाउने,

(फ) उद्योगले आफूले प्राप्त गरेको बौद्धिक सम्पत्ति संरक्षणका लागि विदेशमा दर्ता गर्दा लागेको शुल्क आयकर प्रयोजनको लागि खर्च कट्टी गर्न पाउने,

(ब) उद्योगले कर छुट पाउने संस्थालाई चन्दा वा उपहार दिएको रकममध्ये एक लाख रुपैयाँ वा सो उद्योगको सो आय वर्षको समायोजित करयोग्य आयको पाँच प्रतिशतमध्ये जुन घटी हुन्छ, सो रकम आयकर प्रयोजनको लागि घटाउन पाउने,

(भ) कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै उच्योगले खर्च गरेको वा चन्दा दिएको रकम आय निर्धारणको प्रयोजनको लागि पूर्ण वा आंशिक रुपमा क्ट्री गर्न पाउने गरी तोक्न सकिने ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोही उपदफाको खण्ड
(घ) मा उल्लिखित उद्योग बाहेक सूर्तिजन्य उद्योग र मदिराजन्य उद्योगले उल्लिखित कुनै पनि छुट तथा सुविधा पाउने छैन।

तर त्यस्ता उद्योगले प्रचलित कानून बमोजिम आफ्ना श्रमिक तथा कर्मचारीको दीर्घकालीन हित वा कल्याणकारी कार्यमा गरेको खर्च, प्रदूषण रोकथाम तथा नियन्त्रण गर्ने, खेर गएका वस्तुको पुनः प्रशोधन गर्ने, वातावरणमा न्यूनतम असर पार्ने पद्धति तथा उपकरणमा लगानी गरेको खर्च, उर्जा दक्षतामा अभिवृद्धि गरी कर्जा खपत घटाउन सघाउ पुन्याउने यान्त्रिक उपकरणमा लगानी गरेको खर्च, अनुसन्धान तथा विकासमा गरेको खर्च लगायत व्यवसाय प्रवर्द्धनका लागि हुने वास्तविक खर्चहरु कट्टी गर्न पाउनेछन्‌।

(४) एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको उद्योगले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ।

(५) सुर्तिजन्य, मदिराजन्य र क्यासिनोदेखि बाहेकका अन्य उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तार वा अन्य उत्पादनमूलक वा झर्जामूलक वा कृषि तथा वन पैदावारमा आधारित उद्योगको लागि शेयरमा पूँजीकरण गरेको अवस्थामा त्यस्तो पूँजीकरणमा लाभांश वितरण स्वरुप लाग्ने लाभांश करमा शत प्रतिशत छुट हुनेछ।

(६) यो ऐन प्रारम्भ हुँदाका बखत दर्ता भई सञ्चालनमा रहेका र यस ऐन बमोजिम दर्ता भई सञ्चालनमा आउने एक करोडसम्म स्थिर पूँजी भएका घरेलु उद्योग र साना उद्योगलाई लाग्ने आयकरमा पचास प्रतिशत आयकर छुट हुनेछ।