(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम नेपाल स्काउटले गर्नु पर्ने काम कारबाही प्रभावकारी रूपले संचालन गर्नको लागि राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरू मध्येबाट बढीमा पन्ध्र जनालाई तोकिए बमोजिम आयुक्त पदमा नियुक्त गरिनेछ ।
(२) आयुक्तको पदावधि चार वर्षको हुनेछ ।
(२क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आयुक्त शारीरिक वा मानसिक रोग लागि वा अन्य कुनै कारणले आफ्नो पदीय दायित्व निर्वाह गर्न असक्षम भएको कुरा राष्ट्रिय कार्यकारी समितिबाट ठहर भएमा प्रमुख स्काउटले निजलाई आयुक्त पदबाट हटाउनेछ । त्यसरी पदबाट हटाइएमा वा अन्य कुनै कारणले आयुक्तको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि सो पदमा उपदफा (१) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई नियुक्त गर्न सकिनेछ ।
तर कुनै आयुक्तलाई पदबाट हटाउनु अघि सफाई पेश गर्ने मौकाबाट बंचित गरिने छैन ।
(३) आयुक्तको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।