दफा
आयुर्वेद चिकित्सा सेवाको स्वरूप

३. आयुर्वेद चिकित्सा सेवाको स्वरूप

आयुर्वेद चिकित्सा विज्ञानको स्वरूप दोषदूष्य सिद्धान्त विशिष्ट चिकित्सा प्रविधि उपलब्ध स्थानीय जडिबुटी, खनिज जान्तव द्रव्यहरूको उपयोगमा आधारित छ । आयुर्वेद चिकित्सालाई देशको विशिष्ट चिकित्सा पद्धतिको रूपमा क्रमबद्ध विकास गरिनेछ ।

३.१ आयुर्वेद विभागको वर्तमान संगठनमा आवश्यक सुधार गरी विभिन्न शाखाहरूको संचालनका साथै सुदृढीकरण गरिनेछ । स्वास्थ मन्त्रालयअन्तर्गत अन्य विभाग र इकाइहरूसँग समन्वयात्मक कार्यविधि अपनाइने छ । आयुर्वेद चिकित्सा सेवा, शिक्षा अनुसन्धान एवं औषधी निर्माणसम्बन्धी सरकारी एवं गैरसरकारी राष्ट्रिय एवं अन्तराष्ट्रिय संस्थाहरूको क्रियाकलापको समन्वय विभागले गर्नेछ । प्राकृतिक चिकित्सा होमीयोप्याथी एवं अन्य वैकल्पिक चिकित्सा पद्धतिहरूको सेवालाई विकास एवं विस्तार गर्नका लागि समेत विभाग अन्तर्गत इकाईहरूको स्थापना गरिनेछ ।

३.२ केन्द्रीय स्तरमा रहेको आयुर्वेद चिकित्सालय नरदेवीलाई हाल १०० शैय्यामा परिणत गरी आयुर्वेदको विशिष्ट सेवा दिने अस्पतालको रूपमा आयुर्वेदका विभिन्न विभागहरूको स्थापना गरी संचालन गरिनेछ । यस चिकित्सालयलाई विकास समितिअन्तर्गत संचालन गरिनेछ

३.३ नेपाल सरकारद्वारा सिद्धान्तः स्वीकृत भै वर्तमान सिंहदरबार वैद्यखानालाई स्वायत्तता दिई व्यावसायीकरण गर्ने नीतिअनुरूप आयुर्वेद औषधी उत्पादन एवं आपूर्ति व्यवस्थालाई सुव्यवस्थित र प्रभावकारी गराउनुका साथै अन्तर्राष्ट्रिय गुणस्तरका
औषधीहरूको निर्माण गरी निर्यात प्रवद्र्धनबाट राष्ट्रिय अर्थतन्त्रलाई शवल बनाउन टेवा पु¥याइनेछ ।

३.४ हाल संचालित १५ शैयायुक्त आयुर्वेद चिकित्सालय दाङ्गलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको रूपमा परिणत गरी आवश्यक जनशक्ति तथा साधनयुक्त औषधी निर्माण शाखासहितको विशेष सेवा दिने चिकित्सालयको रूपमा संचालन गरिनुका साथै निर्माणाधीन आवश्यक भवनहरूको निर्माण पूरा गरिनेछ ।

३.५ बाँकी ४ विकास क्षेत्रहरूमा १५ शैया युक्त १÷१ वटा औषधी निर्माणशाला सहितको क्षेत्रीय चिकित्सालयहरूको स्थापना गरी संचालन गरिनेछ ।

३.६ आयुर्वेद औषधालयहरूको प्राविधिक प्रशासनिक कार्यहरूको सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कन र प्रेषण प्रणालीलाई प्रभावकारी बनाई स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटीहरूको उत्पादन, संकलन, संरक्षण, सम्बन्द्र्धनका साथै आयुर्वेद चिकित्सामा त्यसको अधिकाधिक परिचालनका लागि हाल भएका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरूको सुदृढीकरण तथा बाँकी जिल्लाहरूमा समेत जिल्लाका सरदरमुकाममा
रहने गरी आवश्यक जनशक्ति र साधनयुक्त १÷१ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना गरिनेछ ।

३.७ हाल संचालन भई रहेका आयुर्वेद औषधालयहरूलाई साधनयुक्त बनाई नेपाल सरकारबाट पठाइने औषधीका अतिरिक्त स्थानीय रूपमा उपलब्ध हुने जडिबुटीहरूको उत्पादन, संरक्षण, सम्बद्र्धन, प्रविधि र चिकित्सामा त्यसको अधिकाधिक उपयोगका लागि सक्षम बनाइनुका साथै जनघनत्व, स्थानीय माग एवं जनसहभागितको आधरमा कमसेकम हरेक पाँच गाउँ विकास समितिको बीचमा पर्ने गरी औषधालयहरूको स्थापना गरिदै लगिनेछ ।

३.८ आयुर्वेद स्वास्थ्य केन्द्र तथा औषधालयहरूको भवन निर्माण गरी परिसरमा नमूना जडीबुटी उद्यानको विकास गरिदैं लगिनेछ ।