दफा ४
आयोग स्वशासित र सङ्गठित संस्था हुने
(१) आयोग अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ ।
(२) आयोगको काम कारबाहीको निमित्त यसको एउटा छुट्टै छाप हुनेछ ।
(३) आयोगले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्थापन गर्न सक्नेछ ।
(४) आयोगले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र आयोग उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
(५) आयोगले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकारको प्रयोग र दायित्व निर्वाह गर्न सक्नेछ ।