दफा ३
आयोगको काम, कर्तव्य र अधिकार
: संविधानको धारा २८७ को उपधारा (६) मा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त आयोगको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) नेपालमा बोलिने मातृभाषाको पहिचान गर्ने,
(ख) नेपालमा बोलिने मातृभाषाको संरक्षण, सम्वद्र्धन र विकासका लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका सरकारले अपनाउनु पर्ने नीतिगत वा संस्थागत उपायहरूको बारेमा नेपाल सरकारलाई सिफारिस गर्ने,
(ग) नेपालमा बोलिने मातृभाषा तथा लिपिको संरक्षण, सम्वद्र्धन र विकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न तथा गराउन सम्बन्धित निकायलाई सिफारिस गर्ने,
(घ) नेपालमा बोलिने मातृभाषा र तिनको इतिहासको अध्ययन, अनुसन्धान गरी प्रकाशन गर्ने,
(ङ) विभिन्न समुदायको मातृभाषा तथा लिपि संरक्षण, सम्वद्र्धन र विकास गर्न त्यस्तो भाषाको पुस्तक प्रकाशन गर्ने तथा त्यस्तो पुस्तक प्रकाशन गर्न सम्बन्धित निकायलाई सिफारिस गर्ने,
(च) नेपालमा बोलिने मातृभाषाको प्रयोगलाई प्रविधिमैत्री बनाउन अध्ययन अनुसन्धान गरी उपयुक्त उपाय अवलम्बन गर्न सम्बन्धित निकायलाई
सिफारिस गर्ने,
(छ) राष्ट्र भाषाका भाषा विज्ञको सूची तयार गर्ने ।