दफा ३
आयोगको गठन आयोगको गठन
(१) सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण तथा छानविन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन, पीडक र पीडित बीच मेलमिलाप
गराउन, पीडितलाई परिपूरणको व्यवस्था लगायत त्यस्तो घटनास“ग सम्बन्धित गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानूनीे कारबाहीको लागि सिफारिस गर्ने काम समेतका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी छुट्टाछुट्टै रुपमा स्वतन्त्र, निष्पक्ष, जवाफदेही र उच्चस्तरीय बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नेछ ।
(२) आयोगमा कम्तीमा एकजना महिला रहने गरी अध्यक्ष सहित पा“चजना सदस्यहरु रहने छन् ।
(३) अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछः–
(क) पूर्व प्रधान न्यायाधीशहरुमध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति –अध्यक्ष
(ख) राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य –सदस्य
(ग) मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानूनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा
शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरु मध्येबाट नेपाल सरकारले मनोनयन गरेको कम्तीमा एकजना महिला सहित तीनजना
–सदस्य
(४) उपदफा (३) बमोजिमको सिफारिस समितिले यस ऐन बमोजिम अध्यक्ष र सदस्य हुन योग्य व्यक्तिहरु मध्येबाट अध्यक्ष तथा सदस्यको नाम नियुक्तिको लागि सिफारिस गर्नेछ ।
(५) उपदफा (३) बमोजिमको सिफारिस समितिले अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नु अघि निजहरुको सार्वजनिक छनौट प्रक्रिया निर्धारण गरी त्यस्तो छनौट प्रक्रिया सार्वजनिक रुपमा प्रकाशन समेत गर्नु पर्नेछ ।