दफा ३
आयोगको गठन र कार्यक्षेत्र
३. आयोगको गठन र कार्यक्षेत्र
(१) सुदुर पश्चिम क्षेत्रको सर्वाङ्गीण एवं दिगो विकासका लागि विकास नीति तथा योजना तर्जुमा गरी कार्यान्वयन गर्न एक सुदुर पश्चिम विकास आयोगको गठन हुनेछ ।
(२) आयोगमा देहायबमोजिमका अध्यक्ष र सदस्यहरू रहनेछन् ः–
(क) सुदुर पश्चिम क्षेत्रका स्थायी बासिन्दामध्येबाट नेपाल सरकारबाट नियुक्त एक जना – अध्यक्ष
(ख) सुदुर पश्चिम क्षेत्रमा स्थायी रुपमा बसोबास गरेका मध्येहरूबाट प्रतिनिधित्व हुने गरी नेपाल सरकारबाट मनोनित पाँच जना – सदस्य
(ग) उपाध्यक्ष, गरिबी निवारण कोष – सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ङ) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय – सदस्य
(च) कार्यकारी निर्देशक – सदस्य–सचिव
(३) अध्यक्ष र कार्यकारी निर्देशकले आयोगको पूर्णकालीन पदाधिकारीको रुपमा कार्य गर्नेछन् ।
(४) आयोगको कार्यक्षेत्र सुदुर पश्चिम क्षेत्र हुनेछ ।