नियम
आयोगको बैठक सम्बन्धी कार्यविधि
(१) आयोगको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) आयोगको बैठक अध्यक्षले तोकेको स्थान, मिति र समयमा बस्नेछ ।
(३) आयोगको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूहरूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) आयोगको कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा आयोगको बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
(५) आयोगको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(६) आयोगको बैठकको निर्णय आयोगको बैठकको अध्यक्षतामा गर्ने व्यक्तिद्वारा प्रमाणित गरी राखिनेछ ।
(७) आयोगको बैठक सम्बन्धी अन्य कार्यविधि आयोग आफैले निर्धारण गरे बमोजिम हुनेछ ।