दफा
आयोगको बैठक

६. आयोगको बैठक

(१) आयोगको बैठक वर्षमा कम्तीमा चार पटकभन्दा कम नहुने गरी आवश्कताअनुसार बस्नेछ ।
(२) अध्यक्षको निर्देशनमा सदस्य–सचिवले आयोगको बैठक बोलाउनेछ ।
(३) आयोगको बैठकको अध्यक्षता आयोगको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा वरिष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) आयोगमा तत्काल कायम रहेका कूल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा आयोगको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) आयोगको बैठकमा बहुमतको निर्णय आयोगको निर्णय मानिनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
(६) आयोगको बैठकको निर्णय आयोगका सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(७) आयोगको बैठकमा सम्बन्धित पदाधिकारी तथा विशेषज्ञलाई पर्यवेक्षकको रुपमा आमन्त्रण गर्न सकिनेछ । क्षेत्रीय प्रशासक र क्षेत्रीय निर्देशकहरूलाई अध्यक्षले आवश्यकतानुसार बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(८) आयोगको बैठकसम्बन्धी अन्य कार्यविधि आयोग आफैले निर्धारण गरेबमोजिम हुनेछ ।