दफा ३९
आयोगको विघटन
(१) आयोगले यस ऐन बमोजिम आफ्नो काम सम्पन्न गरेमा वा दफा ३८ बमोजिम आयोगको कार्यावधि समाप्त भएमा आयोग विघटन हुनेछ ।
(२) उपदफा (१) बमोजिम आयोग विघटन भएमा आयोगको नाममा रहेको सम्पत्ति तथा दायित्व मन्त्रालयमा सर्नेछ ।
(३) उपदफा (१) बमोजिम आयोग विघटन हुने भएमा आयोगले आफ्नो जिम्मामा रहेको अभिलेख मन्त्रालयमा बुझाउनु पर्नेछ ।