दफा २१
आयोगको सचिवालय

२१. आयोगको सचिवालयः

(१) आयोगको आर्थिक तथा दैनिक प्रशासनिक काम कारवाहीको लागि आयोगको एक सचिवालय रहनेछ ।
(२) सचिवालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) आयोगले सम्पादन गर्ने काम कारबाहीमा आयोगलाई सहयोग पु¥याउने,
(ख) राष्ट्रिय विकास परिषद्को बैठकको लागि प्रस्ताव तयार गर्ने,
(ग) आयोगको निर्णय कार्यान्वयन गर्ने,
(घ) परिषद्को सचिवालयको काम गर्ने,
(ङ) तोकिए बमोजिमको अन्य काम गर्ने ।