दफा
योग्यता

४. योग्यताः

देहायको योग्यता भएको व्यक्ति आयोगको उपाध्यक्ष वा सदस्यमा नियुक्त हुन सक्नेछः–

(क) नेपाली नागरिक,
(ख) कुनै मान्यता प्राप्त विधामा स्नातकोत्तर उपाधि हासिल गरी योजना तथा अनुसन्धानका क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरी विशिष्टता हासिल गरेको,
(ग) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा कसूरदार ठहर नभएको,
(घ) नियतवस बैकको ऋण नतिरी प्रचलित कानून बमोजिम कालो सूचीमा नपरेको ।