नियम २२
आयोजनाको काम रोक्न निर्देशन गर्न सक्ने
(१) नियम १८ बमोजिम पेश गरेको प्रतिवेदन वा नियम २० बमोजिम दिएको जानकारीको व्यहोरा जाँचबुझ गर्दा आयोजनामा गम्भीर त्रुटि भएको र त्यस्तो त्रुटि नसच्याई आयोजनाको कामलाई निरन्तरता दिंदा सो त्रुटिपूर्ण काम पछि सच्याउन वा पत्ता लगाउन नसक्ने देखिएमा वा आयोजनाको आयु वा गुणस्तरमा कमी आउने वा सार्वजनिक हानी नोक्सानी हुने देखिएमा केन्द्रले सो सम्बन्धमा सम्बन्धित आयोजना प्रमुखको प्रतिक्रिया लिई त्यस्तो त्रुटिपूर्ण अंश रोक्न प्राप्त प्रतिवेदन समेत संलग्न गरी सम्बन्धित मन्त्रालयको सचिव वा केन्द्रीय निकायको प्रमुख समक्ष पठाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा सम्बन्धित मन्त्रालयको सचिव वा केन्द्रीय निकायको प्रमुखले त्यस्तो त्रुटिपूर्ण कार्य रोक्न पर्ने नपर्ने विषयमा यथाशीघ्र थप छानबीन गरी आवश्यक निर्णय गर्नु पर्नेछ र सो कुराको जानकारी केन्द्रलाई दिनु पर्नेछ ।