(१) नेपाल सरकारले यस नियमावली बमोजिम उपलब्ध गराएको आर्थिक अनुदानको रकम सहकारी संस्थाले जगेडा कोषमा राखी पसलबाट उपलब्ध गराईने सेवा वा वस्तु खरिदको लागि मात्र उपयोग गर्नु पर्नेछ ।
(२) नेपाल सरकारले उपलब्ध गराएको आर्थिक अनुदानको रकम उपनियम (१) बमोजिमको कार्यमा प्रयोग भए वा नभएको सम्बन्धमा अनुगमन समितिले आवश्यक अनुगमन गर्ने गराउनेछ ।
(३) उपनियम (२) बमोजिम अनुगमन गर्दा सहकारी संस्थाले नेपाल सरकारले उपलब्ध गराएको आर्थिक अुनदानको रकम लिएर पनि पसल सञ्चालन नगरेको वा त्यस्तो रकम उपनियम (१) बमोजिम उपयोग गरेको नपाइएमा अनुगमन समितिले त्यस्तो सहकारी संस्थाले प्राप्त गरेको आर्थिक अनुदानको रकम १० प्रतिशतका दरले व्याज समेत सहकारी संस्थाका त्यस्तो रकम उपयोग गर्दा कायम रहेका सञ्चालकहरुबाट दामासाहीले असूल उपर गरिनेछ ।
(४) उपनियम (२) बमोजिम आर्थिक अनुदानको रकम असूल उपर गर्नु अघि अनुगमन समितिले सम्बन्धित सहकारी संस्थालाई सफाई पेश गर्ने मनासिब मौका प्रदान गर्नु पर्नेछ ।