नियम २८
आर्थिक सहायता उपलव्ध गराइने
(१) ऐन वा यस नियमावली बमोजिम वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक कामदारको नजिकको हकवालाले मृतक कामदारको मृत्यु भएको प्रमाणित भएको एक
वर्षभित्र आर्थिक सहायताको लागि बोर्ड समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक छानवीन गर्दा व्यहोरा मनासिव देखिएमा बोर्डले मृतक कामदारको हकवालालाई कोषबाट तीन लाख रुपैयाँ आर्थिक सहायता उपलव्ध गराउनेछ ।
(३) ऐन वा यस नियमावली बमोजिम वैदशिक रोजगारमा गएको कुनै कामदारको करार अवधि भित्र कुनै कारणले अङ्गभङ्ग भएमा त्यस्तो कामदार स्वदेश फिर्ता भएको एक वर्षभित्र देहायको विवरण संलग्न गरी आर्थिक सहायताको लागि बोर्ड समक्ष निवेदन दिन सक्नेछ ः–
(क) करारको प्रतिलिपि,
(ख) अङ्गभङ्ग भएको प्रमाणित गर्ने अस्पतालको प्रेस्क्रिप्शन ।
(३क) उपनियम (३) बमोजिम आर्थिक सहायताको लागि निवेदन प्राप्त भएमा बोर्डले त्यस्तो निवेदन उपर आवश्यक जाँचबुझ गरी सिफारिस गर्न विशेषज्ञ समितिमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त निवेदन उपर आवश्यक छानवीन गर्दा व्यहोरा मनासिव देखिएमा अस्पतालको प्रेस्क्रिप्शन, अङ्गभङ्गको प्रकृति र मात्राको आधारमा बोर्डले कोषबाट तीन लाख रुपैयाँसम्म आर्थिक सहायता उपलव्ध गराउनेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विशेषज्ञ समितिले निवेदकबाट पेश भएको अस्पतालको प्रेस्क्रिप्सन, अङ्गभङ्ग वा गम्भीर बिरामीको प्रकृति र मात्राको आधारमा निवेदकलाई सात लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउन बोर्ड समक्ष सिफारिस गर्नेछ ।
स्पष्टीकरण : यस नियमको प्रयोजनको लागि “गम्भीर बिरामी” भन्नाले 'शल्यक्रिया गर्नु पर्ने भई वा लामो समयसम्म औषधि सेवन गर्नु पर्ने गरी बिरामी भएका कारण करार बमोजिमको कार्य गर्न नसक्ने भनी स्वीकृत चिकित्सकले प्रमाणित गरेको बिरामी सम्झनु पर्छ ।
(५) उपनियम (४) बमोजिम विशेषज्ञ समितिबाट आर्थिक लागि सिफारिस भई आएमा बोर्डले सात दिनभित्र कोषबाट आर्थिक सहायताको रकम सम्बन्धित निवेदकलाई उपलब्ध गराउनु पर्नेछ ।
(६) वैदेशिक रोजगारमा गएको कुनै कामदारको कुनै कारणले मृत्यु भएमा वा अङ्गभङ्ग वा बिरामी भएमा त्यस्तो काम हकवाला वा अङ्गभङ्ग वा बिरामी परेको कामदारले आर्थिक सहायताको लागि बोर्डमा निवेदन दिएमा त्यस्तो हकवाला वा कामदारले यस बमोजिमको आर्थिक सहायता नपाउने भएमा बोर्डले त्यस्तो हकवाला वा कामदारलाई कोषबाट एकमुष्ठ काय पच्चीस हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन सक्नेछ ।
(७) यस नियम बमोजिम दिईने निबेदन सम्बन्धित स्थानीय तह मार्फत समेत दिन सकिनेछ । यसरी निवेदन परेमा स्थानीय तहले सात दिन भित्र प्राप्त कागजात र प्रमाणसहित त्यस्तो निबेदन बोर्डमा पठाई सोको जानकारी सम्बन्धित निवेदकलाई दिनु. पर्नेछ ।
(८) यस नियम बमोजिम बोर्डले आर्थिक सहायता रकम उपलब्ध गराउँदा सम्बन्धित व्यक्ति वा निजक्को हकवबालाको वैड्ग खातामा जम्मा गर्नु पर्नेछ ।