दफा १९
आर्थिक सहायता

(१) कुनै पदाधिकारी वा सदस्यको पदावधि कायम रहेकै अवस्थामा मृत्यु भएमा नेपाल सरकारले निजको परिवारलाई अनुसूची–१ बमोजिमको आर्थिक सहायता उपलब्ध गराउनेछ ।

(२) कुनै पदाधिकारी वा सदस्य कुनै कारणबाट शारीरिक वा मानसिक रुपमा अशक्त भई संघीय संसदको सदस्य रहिरहन असमर्थ भएमा त्यस्तो पदाधिकारी वा सदस्यलाई अशक्तता बापत अनसूची–१ बमोजिमको आर्थिक सहायता उपलब्ध गराइनेछ ।