नियम १७
आवश्यक सुधार गर्न सक्ने

(१) ऐन तथा यस नियमावली बमोजिम कित्ता स्रेस्ता वा जग्गाधनी दर्ता स्रेस्ता तयार गर्दा व्यक्तिको नाम, थर, वतन, उमेर, तीनपुस्ते, जग्गाको कित्ता नम्बर, क्षेत्रफल वा किसिम फरक परेकोले सुधार गरी पाउन निवेदन दिएमा नापी अधिकृतले आवश्यक कुराहरू जा“चबुझ गरी स्रेस्ता मिलाउनु पर्नेछ ।
(२) नाप जाँच गर्दाको अवस्थामा जग्गाको वास्तविक स्थिति र नक्सामा प्राविधिक त्रुटिको कारण ˚रक परेको देखिएमा नापी अधिकृतले विभागको सहमति लिई त्यस्तो कुरा सुधार गर्न सक्नेछ । तर यसरी सुधार गर्दा सरकारी वा सार्वजनिक जग्गासंग जोडिएको जग्गाको
हकमा नियम ११ बमोजिमको समितिको सिफारिश समेत हुनु पर्नेछ ।