नियम ६
आशपयपत्र
(१) चिकित्सा शिक्षाको राष्ट्रिय नीति, आशयपत्र सम्बन्धी मापदण्ड तथा शिक्षण संस्था स्थापनाको नक्साङ्कन अनुकूल हुने गरी आवश्यक देखिएका क्षेत्रमा शिक्षण संस्था स्थापनाका लागि आयोगले आशयपत्र प्रदान गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम आशयपत्र प्राप्त गर्न चाहने शिक्षण संस्थाले अनुसूची
-१ बमोजिमको ढाँचामा अनुसूची-२ बमोजिमको दस्तुर बुझाएको बैङ्क भौचर समेत संलग्न गरी आयोगमा निवेदन दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन दिने संस्थाले ऐन बमोजिमका मापदण्ड पूरा गरे वा नगरेको सम्बन्धमा समिति आफैँले वा सम्बन्धित विषयका विज्ञहरूबाट अध्ययन गराउन तथा आवश्यकता अनुसार स्थलगत निरीक्षण गर्न वा गराउन सक्नेछ।
(४) उपनियम (३) बमोजिम भएको अध्ययन वा निरीक्षणका आधारमा त्यस्तो संस्थाले ऐन बमोजिमको मापदण्ड पूरा गरेको देखिएमा आशयपत्र प्रदान गर्न समितिले आयोग समक्ष सिफारिस गर्नेछ।
(५) उपनियम (४) बमोजिम समितिको सिफारिस समेतको आधारमा आयोगले आवश्यक शर्त तोकी आशयपत्र प्रदान गर्न सक्नेछ।
(६) यो नियमावली प्रारम्भ भएपछि आशयपत्र प्राप्त गरेका शिक्षण संस्थाको आशयपत्रको अवधि पाँच वर्षसम्म बहाल रहनेछ र सो अवधिभित्र शिक्षण संस्था सञ्चालन नभएमा त्यस्तो संस्थाले प्राप्त गरेको आशयपत्र रद्द हुनेछ।