नियम २२
कबुलियतनामा
(१) छात्रवृत्तिमा छनौट भई स्नातक स्नातकोत्तर र सोभन्दा माथिको तहमा अध्ययन वा तालीममा जाने विद्यार्थीले आफू अध्ययन वा तालीममा जानु पूर्व आयोगसँग अनुसूची -६ बमोजिमको ढाँचामा कब्ुलियतनामा गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले निरन्तर रुपमा अध्ययन गरे नगरेको र परीक्षामा प्राप्त गरेको नतिजाको विवरण सम्बन्धित शिक्षण संस्थाले वार्षिक रुपमा आयोगमा बुझाउनु पर्नेछ।

(३) शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको अध्ययन समाप्त भएको सात दिनभित्र उपनियम (२) बमोजिमको विवरण आयोगमा उपलब्ध गराउनु पर्नेछ।

(४) यो नियमावली प्रारम्भ हुनु पूर्व कुनै उम्मेदवारले शिक्षा सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय वा कुनै विश्वविद्यालय वा कुनै प्रतिष्ठानसँग कबुलियतनामा गरेको भए त्यस्तो कबुलियतनामा सो कबुलियतामामा उल्लिखित अवधिसम्म कायम रहनेछ।

(५) कुनै व्यक्ति छात्रवृत्तिमा मनोनयन भई अध्ययन गरी कबुलियतनामा बमोजिम सेवा गरिरहेको अवस्थामा कबुलियतनामा बमोजिम एक वर्ष भन्दा बढी सेवा अवधि पूरा भएपछि लोक सेवा आयोग वा अन्य कुनै सरकारी संस्थाबाट लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछ।

ग्तर स्नातकोत्तर र सो भन्दा माथिको तहमा अध्ययनका लागि लिइने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन ऐनको दफा ३८ को उपदफा (१) बमोजिमको अवधि भुक्तान भएको हुनु पर्नेछ।

(६) उपनियम (५) बमोजिमको उम्मेदवार त्यस्तो परीक्षामा उत्तीर्ण भई सरकारी सेवामा बहाल भएमा त्यस्तो सेवामा गरेको सेवा अवधि कबुलियतनामा बमोजिमको सेवामा जोडिनेछ।