नियम १५
आशयपत्र आह्वान गर्ने
(१) ऐनको दफा २३ को उपदफा (१) बमोजिम सम्बन्धित निकायले परियोजनाको अध्ययन-अनुमति, सर्वेक्षण वा कार्यान्वयन गर्न ईच्छुक लगानीकर्तालाई कम्तीमा तीस दिनभित्र आशयपत्र र सो सँग सम्बन्धित कागजात पेश गर्न राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी आशयपत्र आह्वान गर्नु पर्नेछ र त्यस्तो सूचना सम्बन्धित निकाय तथा कार्यालयको वेबसाइटमा समेत राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको आशयपत्र आह्वान सम्बन्धी सूचनामा ऐनको दफा २३ को उपदफा (२) मा उल्लिखित विवरणका अतिरिक्त देहायका विवरण खुलाउनु पर्नेछ :- (क) परियोजनाको सम्भाव्यता अध्ययन, सर्वेक्षण वा विस्तृत डिजाइन भएको भए सोको संक्षिप्त विवरण,
(ख) सम्भाव्यता अध्ययन नभएको भए आर्थिक, सामाजिक, प्राविधिक तथा वातावरणीय रूपमा परियोजना सम्भाव्य हुन सक्ने आधार,
(ग) परियोजना कार्यान्वयन गर्दा कुनै सुविधा वा सहुलियत दिन सकिने भए सोको विवरण,
(घ) परियोजना कार्यान्वयनको तरिका,
(ङ) आशयपत्र खोलिने मिति, समय र स्थान,
(च) आशयपत्र छनौट हुने आधार,
(छ) आशयपत्रमा निर्णय हुने समय,
(ज) विद्युतीय माध्यमबाट पेश गर्न सक्ने कागजात वा विवरण,
(झ) परियोजनाको प्रकृति अनुसार अन्य आवश्यक विवरण ।
(३) उपनियम (१) बमोजिमको सूचनाको म्याद परियोजनाको प्रकृति अनुसार थप गर्न सकिनेछ ।