नियम
आशयपत्रको नवीकरण
(१) यो नियमावली प्रारम्भ हुँदाका बखत आशयपत्र प्राप गरेका वा नियम ६ बमोजिम आशयपत्र प्राप्त गरेका शिक्षण संस्थाले प्रत्येक वर्ष असार मसान्तभित्र आशयपत्र नवीकरण गराउनु पर्नेछ।

(२) आशयपत्रको नवीकरण दस्तुर अनुसूची-२ मा उल्लेख भए बमोजिम हुनेछ।

(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धनका लागि सिफारिस भएका तर आशयपत्रको नवीकरण नगराएका शिक्षण संस्थाले यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र यस नियमावली बमोजिम आशयपत्र नवीकरण गराउनु पर्नेछ।

(४) यस नियम बमोजिम नवीकरण नगरेको आशयपत्र स्वतः रद्द हुनेछ।