नियम २३
आहार, सरसफाई तथा पोशाक
(१) बाल सुधार गृहले बालबालिकालाई खुवाउने/खानाको कम्तीमा छ महिनामा एक पटक सम्बन्धित निकायबाट गुणस्तर परीक्षण गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको गुणस्तर परीक्षणको प्रतिवेदन बाल सुधार गृहमा अभिलेख गरी त्यसको जानकारी परिषद्‌ तथा जिल्ला बाल न्याय समितिलाई दिनु पर्नेछ ।

(३) बाल सुधार गृहले बालबालिकाको सरसफाइको नियमित जाँच गर्नु पर्नेछ ।

(४) बाल सुधार गृहले बालिकाको लागि स्यानिटरी प्याडको व्यवस्था गर्नु पर्नेछ ।

(५) बाल सुधार गृहले बालबालिकालाई जाडो र गर्मी मौसममा हरेक मौसमको लागि कम्तीमा दुईजोर कपडा र आवश्यकता अनुसार अन्य कपडाहरू उपलव्ध गराउनु पर्नेछ ।