दफा ४४
इजाजतपत्र खारेज गर्न सकिने
(१) देहायको कुनै अवस्थामा तोकिएको अधिकारीले कुनै पथ प्रदर्शकको इजाजतपत्र खारेज गर्न सक्नेछ ः-(क)नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी प्रमाणित भई कैदको सजाय पाएमा,
(ख)दफा ४० को खण्ड (ख) बमोजिम अयोग्य भएमा,(ग)दफा ४३ को कुनै कुरा उल्लंघन गरेमा ।(२) उपदफा (१) बमोजिम कुनै पथ प्रदर्शकको इजाजतपत्र खारेज गर्नु अगाडि निजलाई आफ्नो सफाई पेश गर्नको लागि मौका दिनु पर्नेछ र यसरी मौका दिंदा कम्तिमा पन्ध्र दिनको म्याद दिनु पर्नेछ ।