नियम
इजाजतपत्र दिने
(१) नियम ४ को उपनियम (१) बमोजिम आफूकहा े “ पर्न आएको
आवेदनपत्रहरूमध्ये नियम ३ को खण्ड (क), (ख), (ग) र (च) मा उल्लिखित प्रकारका
इजाजतपत्रका हकमा आवश्यक कुरा जा“चबुझ गर्न केही समयको लागि स्थानीय
अञ्चलाधीशले निज आवेदकहरूलाई इजाजतपत्र दिन स्थगित गर्न सक्नेछ र सो
जा“चबुझको आधारमा प्रहरी प्रतिवेदन तथा आवश्यक परेमा विस्फोटक पदार्थ सम्बन्धी
विशेषज्ञको राय समेत लिई आवेदक विस्फोटक पदार्थ सम्बन्धी काम गर्न आवश्यक
मात्रामा अनुभवी, लायक र विश्वसनीय छ छैन विचार गरी इजाजतपत्र दिने नदिने निर्णय
गर्नेछ र नदिने निर्णय भएमा त्यसको सूचना सो आवेदकलाई र गृह मन्त्रालयलाई दिनु
पर्नेछ ।
(२) नियम ४ को उपनियम (१) बमोजिम आफूकहा“ पर्न आएको
आवेदनपत्रहरूमध्ये नियम ३ को खण्ड (घ) र (ङ) मा उल्लिखित प्रकारका इजाजतपत्रको
सम्बन्धमा स्थानीय अञ्चलाधीशले आवेदनपत्र सम्बन्धी आवश्यक सबै कुरा बुझी आफ्नो
राय ठहरसाथ निकासाको निमित्त गृह मन्त्रालय मार्फत नेपाल सरकार समक्ष पठाउनु
पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम कुनै प्रकारको इजाजतपत्र दिने निर्णय भएपछि
स्थानीय अञ्चलाधीशले आवेदकलाई अनुसूची १ मा लेखिए बमोजिमको इजाजतपत्र
दिनेछ ।
लिनु पर्दा आवेदक आफै गई वा
आफ्नो प्रतिनिधि स्थानीय अञ्चलाधीशको अड्डामा पठाई निजको समक्ष आफूले
बुझिलिने इजाजतपत्र र सो अड्डामा रहने इजाजतपत्रको अधकट्टीमा समेत आफ्नो
सहिछाप गरी वा गराई बुझी लिनु पर्छ ।