दफा १९
इजाजतपत्र नवीकरण गर्नु पर्ने
(१) प्रमाणीकरण गर्ने निकायले प्राप्त गरेको इजाजतपत्र प्रत्येक वर्ष नवीकरण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्रको नवीकरण गर्न चाहने प्रमाणीकरण गर्ने निकायले तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको नवीकरण दस्तुर संलग्न राखी इजाजतपत्रको बहाली अवधि समाप्त हुनुभन्दा कम्तीमा दुई महिना अघि नियन्त्रक समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम नवीकरणको लागि निवेदन पर्न आएमा नियन्त्रकले इजाजतपत्र नवीकरण गर्ने वा नगर्ने भन्ने सम्बन्धमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी इजाजतपत्रको बहाली अवधि समाप्त हुनुभन्दा एक महिना अगावै निर्णय गरिसक्नु पर्नेछ ।
(४) नियन्त्रकले इजाजतपत्र नवीकरण नगर्ने निर्णय गर्दा निवेदकलाई तत्सम्बन्धमा आफ्नो भनाई प्रस्तुत गर्ने मनासिब मौका दिनु पर्नेछ ।