नियम १४
इजाजतपत्र पाउनबाट बञ्चित गर्ने अधिकार

कुनै व्यक्तिले निम्नलिखित कुनै काम गरेको छ भन्ने इजाजतपत्र जारी गर्ने अधिकारीले ठह¥याएमा त्यस्तो व्यक्तिलाई
बढीमा तीन वर्षको लागि इजाजतपत्र पाउनबाट बञ्चित गर्न सक्नेछः–

 

(क) इजाजतपत्र पाउनको लागि प्रमाण लाग्ने लिखतहरुमा कुनै अनधिकृत तवरबाट थपघट वा केरमेट गरेको,

(ख) इजाजतपत्र जारी गर्ने अधिकारी वा निजको कार्यालयको कुनै कर्मचारीलाई रिश्वत दिएको,
(ग) इजाजतपत्र प्राप्त नगरी तोकिएको माल वस्तु निकासी वा पैठारी गरेको,

(घ) इजाजतपत्र लिनको निमित्त महानिर्देशकको कार्यालयमा दरखास्त दिंदा कुनै भुट्ठा लिखत पेश गरेको,

(ङ) इजाजतपत्र जारी गर्ने अधिकारीलाई झुक्याई एउटै व्यक्तिले विभिन्न नाउँबाट दरखास्त दिएको,

(च) यी नियमहरु उल्लंघन गरे बापत ऐन बमोजिम सजाय पाएको,

(छ) चोरी निकासी वा पैठारी, कालोबजार वा विदेशी विनियम सम्बन्धी कुनै कसूर गरे बापत प्रचलित कानून बमोजिम सजाय पाएको,

(ज) नेपाल ……. को लागि पैठारी गरेको माल वस्तु अन्य मुलुकमा लगेको वा बेच–बिखन गरेको,

(झ) तोकिएको माल वस्तु निकासी पैठारी गर्दा बीजकमा वास्तविक मोल घटाई वा वढाई देखाएको ।