नियम १२
इजाजतपत्र बमोजिम निकासी पैठारी गर्नेको कर्तव्य

(१) व्यापारिक प्रयोजनको लागि इजाजतपत्र पाउनेले निकासी इजाजतपत्र बमोजिम तोकिएको माल वस्तु चलान गरेकोमा सो मितिले सात दिनभित्र अनुसूची–५ बमोजिमको ढाँचामा र पैठारी इजाजतपत्र बमोजिम तोकिएको माल वस्तु पैठारी गरेकोमा त्यस्को सात दिनभित्र असुसूची–६ बमोजिमको ढाँचामा विवरण भरी महानिर्देशक …….. र नेपाल सरकारले तोकेको अन्य अधिकारी वा कार्यालयसमक्ष पठाउनु पर्नेछ ।
(२) उप–नियम (१) बमोजिमको विवरण नपठाई पैठारी गरेको मालवस्तु बिक्री वितरण गर्न हुदैन ।