नियम १३
इजाजतपत्रको नवीकरण गर्ने
(१) पथ प्रदर्शकको इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्रको
म्याद समाप्त भएको पैंतीस दिनभित्र इजाजतपत्र नवीकरण गर्न महानिर्देशक समक्ष दर्खास्त दिनु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएपछि महानिर्देशकले पाँच सय रूपैयाँ
दस्तुर लिई अर्को पाँच वर्षको अवधिको लागि नवीकरण गरी दिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम इजाजतपत्र नवीकरण गर्ने म्याद नाघेपछि इजाजतपत्रको
नवीकरण गर्नको लागि दरखास्त दिएमा देहायको अवधिको निमित्त नवीकरण दस्तुरको अतिरिक्त
देहाय बमोजिमको थप दस्तुर लिई नवीकरण गरिदिन सक्नेछ ः–
(क) इजाजतपत्रको नवीकरण गर्ने म्याद नाघेको दुई महिनासम्म दुई सय
रूपैयाँ ।
(ख) इजाजतपत्रको नवीकरण गर्ने म्याद नाघेको चार महिनासम्म तीन सय
रूपैयाँ ।
(ग) इजाजतपत्रको नवीकरण गर्ने म्याद नाघेको छ महिनासम्म पाँच सय
रूपैयाँ ।
(घ) इजाजतपत्रको नवीकरण गर्ने म्याद नाघेको एक वर्षसम्म एक हजार
रूपैयाँ ।