(१) इजाजतपत्रको म्याद निकासी पैठारी गरिने माल वस्तुको किसिम हेरी साधारणतः छ महीना र विशेष अवस्थामा एक वर्षमा नबढाई इजाजतपत्रमा तोकिए बमोजिम हुनेछ । इजाजतपत्र प्राप्त गर्ने व्यक्ति वा कार्यालयले इजाजतपत्रमा उल्लेख भए बमोजिमको माल वस्तु
इजाजतपत्रको म्यादभित्र चलान गराई सक्नु पर्नेछ । तोकिएको म्यादभित्र त्यस्तो माल वस्तु चलाउन गराउन नसकेमा त्यसको कारण खुलाई थप म्यादको निमित्त दरखास्त दिएमा इजाजतपत्र जारी गर्ने अधिकारीले कारण मनासिव देखेमा एक पटकमा बढीमा छ महीनासम्मको लागि म्याद थप गर्न सक्नेछ । इजाजतपत्रमा तोकिएको म्यादभित्र वा म्याद थप भएकोमा सो थप म्यादभित्र इजाजतपत्र बमोजिमको माल वस्तु चलान नभएका त्यस्तो इजाजतपत्र स्वतः बदर हुनेछ ।
(२) इजाजतपत्रको म्याद थप गर्ने बाहेक त्यस्तो इजाजतपत्रमा उल्लिखित अन्य कुनै व्यहोरा संशोधन गर्नु परेमा इजाजतपत्र प्राप्त व्यक्ति वा कार्यालयले त्यसको कारण खोली इजाजपत्र जारी गर्ने अधिकारी समक्ष दरखास्त दिनुपर्छ र व्यहोरा मनासिव देखिएमा इजाजतपत्र जारी गर्ने अधिकारीले इजाजतपत्रमा संशोधन गर्न सक्नेछ ।
(३) यस नियम बमोजिम पैठारी इजाजतपत्रको म्याद थप गर्दा वा इजाजतपत्रमा उल्लेखित कुनै व्यहोरा संशोधन गर्दा लाग्ने दस्तुर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ ।