नियम ३७
ईजाजतपत्र, रेटिंग तथा अन्य प्रमाणपत्र र शुल्क

(१) व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र पाउनको लागि महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ । त्यसरी दरखास्त दिंदा
दरखास्तसाथ त्यस्तो ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र वापत अनुसूची–१ बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिईने दरखास्तको ढाँचा र ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र दिने सम्बन्धी अन्य कुराहरु एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।