नियम १५
उच्चतम हित निर्धारण गर्नु पर्ने
बालकल्याण अधिकारी वा बाल अदालतले ऐनको दफा १६ को उपदफा (३) बमोजिमको निर्णय गर्दा उच्चतम हित निर्धारण गर्ने प्रक्रियाका आधार देहाय बमोजिम हुनेछ:-

(क) निजको जीवन रक्षा सुनिश्चित हुने व्यवस्था,

(ख) बालबालिकालाई उपलब्ध अवसरमध्ये अधिकतम. अवसर प्राप्त हुनसक्ने व्यवस्था,

(ग) ८ बालबालिकाको धर्म, संस्कृति, भाषा, पहिचान, समुदाय र पारिवारिक सन्निकटता कायम रहने व्यवस्था,

(घ) बालबालिकाको धारणा र स्वेच्छापूर्ण सहमति,

(ङ) बालकल्याण अधिकारी वा बाल अदालतले बालबालिकाको आर्थिक, सामाजिक र पारिवारिक अवस्था हेरी निर्धारण गरेका अन्य आधार ।