दफा १२
उजुरी खारेज गर्न वा तामेलीमा राख्न सक्ने
(१) दफा ९ वा १० बमोजिम छानबिन गर्दा त्यस्तो विषय आयोगमा उजुरी लाग्ने नदेखिएमा त्यसको कारण खुलाई आयोगले त्यस्तो उजुरी खारेज गर्न वा तामेलीमा राख्न सक्नेछ ।
(२) आयोगले उपदफा (१) बमोजिम उजुरी खारेज गर्ने वा तामेलीमा राख्ने निर्णय गरेकोमा त्यस्तो निर्णय भएको मितिले सात दिनभित्र सम्बन्धित उजुरकर्तालाई जानकारी दिनु पर्नेछ ।