नियम ३३
उजुरी गर्न सक्ने
(१) नियम ३१ र ३२ बमोजिम बिमकले दायित्व निर्धारण नगरेमा वा गरे पनि बिमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बिमितले त्यसको कारण समेत खोली समितिमा उजुरी गर्न सक्नेछ ।
(१क) उपनियम (१) बमोजिम समितिमा उजुरी पर्न आएमा समितिले सम्बन्धित बिमकलाई पन्ध्र दिनभित्र कारण खुलाई लिखित जवाफ पेश गर्न आदेश दिन सक्नेछ ।
(१ख) उपनियम (१क) बमोजिम लिखित जवाफ पेश हुन आएमा समितिले जाँचबुझ गरी आवश्यक भए बिमक वा बिमितसँग अन्य कुरा बुझ्न वा अन्य आवश्यक कागजात तथा विवरण पेश गर्न आदेश दिन सक्नेछ ।
(१ग) उपनियम (१क) वा (१ख) बमोजिम लिखित जवाफ वा आवश्यक कागजात वा विवरण पेश हुन नआएमा समितिले त्यस्तो उजुरी उपर एकतर्फी निर्णय गरी सोको जानकारी सम्बन्धित बिमकलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको उजुरी उपर समितिले जाँचबुझ गर्दा बिमकले दायित्व निर्धारण गर्नुपर्नेमा दायित्व निर्धारण नगरेको देखिएमा समितिले बिमकलाई दायित्व निर्धारण गर्न वा पुन दायित्व निर्धारण गर्न आदेश दिन सक्नेछ ।
(३) ……………