नियम
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यसस नियमावलीमा,–
(क) “ऐन” भन्नाले बिमा ऐन, २०४९ सम्झनुपर्छ ।
(ख) “प्रमाणपत्र” भन्नाले नियम ८ बमोजिम बिमकको रूपमा नाम दर्ता गरी बिमा व्यवसाय गर्न दिएको बिमक दर्ताको प्रमाणपत्र सम्झनुपर्छ ।
(ग) “शुल्क” भन्नाले बिमकले बिमा व्यवसाय गरे बापत बिमितसँग लिने बिमा शुल्क सम्झनुपर्छ ।
(घ) “सल्लाहकार समिति” भन्नाले ऐनको दफा ४१ बमोजिम गठित बिमा दर सल्लाहकार समिति सम्झनुपर्छ ।