नियम १९
उजुरी दर्ता किताबमा अभिलेख गर्नु पर्ने
(१) विभागले ऐनको दफा १३ बमोजिम प्राप्त हुन आएको उजुरी वा सूचना अनुसूची–१ मा उल्लेख भए बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(२) विद्युतीय माध्यमबाट प्राप्त विवरण समेतलाई उपनियम (१) बमोजिम दर्ता गर्नु पर्नेछ ।
(३) विभागले गोपनीयताको लागि नाम उल्लेख गर्न नचाहने उजुरीकर्ताको हकमा सड्ढेत सम्बन्धी आवश्यक व्यवस्था गर्न सक्नेछ ।